५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता एकीकृत विकास समितिको ३१ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बागमती सभ्यतालाई कायम राख्न विभिन्न क्रियाकलाप भएपछि प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

विकास समितिले बागमती सभ्यतालाई कायम राख्नका लागि काम गरे पनि त्यसलाई व्यवस्थित गर्न नसकेको आम गुनासो रहेको उनले बताए ।

सिंहले विभिन्न स्थानमा ढलहरू बनाए पनि बागमतीमा नै ढल मिसिनुको कारण लेखाजोखा गर्नुपर्नेमा जोड दिए । उनले अब खाली प्रचारबाजीका लागि नभई जनताले महसुस गर्ने गरी काम गर्नुपर्ने धारणा राखेका थिए ।

अहिले सम्पन्न गरिसकेको योजनाहरूका बारेमा आमजनतालाई जानकारी गराउने र आगामी कार्यक्रमहरू पनि जनतालाई जानकारी गराउँदै अघि बढाउनुपर्ने उनले बताए। सिंहले बर्षायाममा आउन सक्ने बाढीलाई नियन्त्रण गर्न सरसफाइ लगायतका कामलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।अर्थमन्त्री पौडेलले भने–‘तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो’

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक बर्षमा बिना अध्ययनका करिव ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।

पौडेलले सीमित स्रोतको अत्याधुनिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक बर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे।

उनले क्यालेन्डर बनाएर आगामी आर्थिक बर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए । संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।

त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारबाहीका कारण मुलुक ग्रे लिष्टमा पुगेको भन्दै यसबाट निस्कने सन्दर्भमा समयबद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिए ।

उनले ग्रे लिष्टबाट बाहिर निस्कन दुई वर्षको समय रहेपनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरी सरकार अघि बढेको जिकिर गरे । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस