५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ ।

माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् ।

मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्बाध गाडीहरू गुडिरहेका थिए ।

तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको लेनमा समेत प्रदर्शन गर्‍यो । जसले उत्तरतर्फको लेन अर्थात् माइतीघरबाट बानेश्वर आउने सडकमा पनि गाडी गुड्न पाएनन् । बुधबारसम्म दक्षिणतर्फको लेन अर्थात् बानेश्वरबाट माइतीघरतर्फ गाडी गुडिरहेका थिए ।

तर आज शुक्रबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुली बजार पुलबाट अगाडि बढ्न दिएका छैनन् ।

बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर तनाव अवस्थाको सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।

आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरू बाध्य भएर ब्याक हुनु पर्‍यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।

शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । तर वार्ताको समय भने तय भइसकेको छैन । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस