५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिस्का जात्राको अवसरमा भक्तपुरमा निकालियो शुभकामना र्‍याली

अ+ अ-

काठमाडौँ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल/कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र्‍यालीमा सहभागी थिए ।

भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयबाट शुरु भएको शुभकामना र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले स्वदेशी तथा विदेशी पर्यटकहरूले समेत प्रत्यक्ष हेर्ने ऐतिहासिक बिस्का जात्रालाई सभ्य र सुसंस्कृत रूपमा सम्पन्न गर्नु सबैको कर्तव्य भएको बताए ।

विभिन्न समयमा भक्तपुर भ्रमण गर्ने विद्वानहरूले ‘भक्तपुर नघुमे संसारका आधा भाग नघुमे सरह हुन्छ’ भनेको स्मरण गर्दै उनले बिस्का जात्रालाई सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरबासीसहित सबै सरोकारवालाई अनुरोध गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा मर्यादित रूपमा मनाउन यही चैत १४ र १९ गते सम्बन्धित सरोकारवालाहरूको बैठक बसी आवश्यक तयारी पूरा गरी सकेको जानकारी दिए ।

संसारभर भक्तपुर सांस्कृतिक नगरका साथसाथै जीवित संग्रहालयको परिचय दिन सफल भइरहेको चर्चा गर्दै उनले सन् २०२३ मा नेपाल भ्रमणमा आएकामध्ये २५ प्रतिशतले भक्तपुर नगरको भ्रमण गरेको जानकारी गराए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले र्‍यालीमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बिस्काको मुख्य आकर्षणको रूपमा रहने रथ तान्ने जात्रालाई सभ्य र सुरक्षित रूपमा मनाउन सम्पूर्ण नगरबासीहरुको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, गुठी संस्थान भक्तपुर शाखा प्रमुख खिमा ओली, भक्तपुर नगरपालिका वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि शुभकामना मन्तव्य राखेका थिए ।

यस वर्षको बिस्का जात्रा चैत २८ गते (आज)देखि सुरु हुँदै छ । बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौँ दिन र नवौँ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट तयार पारिएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका विभिन्न टोलमा परिक्रमा गराइन्छ ।

बिस्काका मुख्य आकर्षण रथ यात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस