काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन् ।
काँग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै नेपालको राजा कसैले जति सफा गरेर धोयो भने पनि संवैधानिक बनाउन नसक्ने बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने उनले बताए ।
उनले भने, ‘काँग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईँलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’
उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताएका छन् ।