काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता भारतको डिजाइनमा लादिएको दाबी गरेका छन्।
संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता नेपालको आवश्यकता र चाहना पनि नभएको बताए।
उनले भने, ‘संघीयताले आज देखाएको स्वरूप देखेर हामीले संघर्ष गरेका होइन। भारतीय साम्राज्यवादको डिजाइन संविधान सभाको चुनाव नहुँदै नेपाललाई नेपाललाई संघीय प्रणालीमा लानुपर्छ भनेर नेपालका ठूला पार्टीहरूलाई अन्तरिम संविधानमा संघीयता घुसाइदिए। नेपालमा संघीय प्रणालीमा लैजाने कि एकात्मक प्रणालीमा लैजाने भन्ने त संविधान सभाको अधिकार हो नि। संविधान सभाले गर्दैन भनेर पहिले नै अन्तरिम संविधानमा घुसाइदिए, विदेशीहरूले खास गरी भारतले।’
इन्डियाले जबरजस्ती संघीयताको भारी बोलाएपछि काँग्रेस र एमालेले सकिँदैन भन्ने आँट गर्न नसकेको स्वीकार गरेको जिकिर गरेका छन्।
उनले भने, ‘भारत हमेसा काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग २० वटा जिल्ला हिमाल र पहाडबाट अलग गर्ने र त्यसलाई छुट्टै मधेश प्रदेश बनाउने, संघीयताको पछाडि मूल्य रहस्य यहाँ छ।’