काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।