काठमाडौँ । तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीय मनोज सापकोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ ।
उनी शिवसेना नेपालको मजदुर विभागका प्रमुख रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।