काठमाडौँ । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईँ भारतमा पक्राउ परेका छन् ।
प्रशासन स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदै छ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईँ केही बेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।