५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘आइपीयूको नेतृत्व निर्माण र निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्राप्त भयो’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका संघको नेतृत्व निर्माण र निर्णय प्रक्रियामा यसपटक नेपालले सहभागी हुने अवसर पाएको बताएका छन् । 

अन्तर व्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सभामुखले आईपीयूमा नेपालको प्रस्तुति फलदायी रहेको बताए ।

सभामुख घिमिरे सहितको नेपाली प्रतिनिधिमण्डल बिहीबार साँझ नेपाल आइपुगेको हो । सभामुख घिमिरेले उज्बेकिस्तानको तास्कन्दमा भएको कार्यक्रममा नेपालको उपस्थिति फलदायी रहेको बताए । सभामुख घिमिरेले दिगो विकास समितिमा शाक्य र स्वास्थ्य समितिमा गौतम सदस्य बन्दा आईपीयूका आन्तरिक प्रक्रियामा नै सहभागी हुने अवसर नेपालले प्राप्त गरेको बताए ।

सभामुख घिमिरेले एसिया प्रशान्तको क्षेत्रीय दिगो विकास समितिमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य र स्वास्थ्यसँग सम्बन्धित समितिमा प्रतिनिधि सभा सदस्य सोविता गौतम निर्वाचित भएको जानकारी दिए । ‘योभन्दा अगाडि के हो आइपीयू भन्ने कुराको अन्तर्य बुझ्न नपाउँदै आफ्ना धारणा मात्रै राख्ने गर्थ्यौँ भने यसपालि आन्तरिक कुरा बुझ्ने, त्यसको नेतृत्व निर्माण गर्ने र निर्णय प्रक्रियामा सहभागी हुने राम्रो अवसर प्राप्त भएको छ, ’सभामुखले भने ।

उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसद्को पहलका विषयमा गम्भीर रूपमा छलफल भएको पनि जानकारी दिए । समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको उनले बताए ।

‘समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र समाजमा अहिले पनि भइरहेका असमानताका कुराहरूमा विचार विमर्श प्रशस्त भयो । नेपालको तर्फबाट पनि जेनेरल डिबेटमा यो प्रतिनिधि मण्डलको तर्फबाट मैले आफ्नो मन्तव्य राखे । त्यो मन्तव्यमा हामीले भोगिरहेका समस्याका अतिरिक्त हामीले समानताका लागि विधायिकी ठाउँमा राम्रो काम गर्न एक हदसम्म सकेको र समावेशीका हिसाबले सबै धर्म जाताजातिहरुलाई समावेश गर्न सकेको अनुभव राख्यौँ, ‘उनले भने, ‘विभिन्न समितिले छलफल गरेर ल्याएको निष्कर्षमा पनि खासगरि मध्यपूर्वमा उत्पन्न भइरहेका समस्याहरू, इजरायल र प्यालेस्टाइनको बीचमा भइरहेको युद्धलाई अन्त्य गर्नको लागि दुई राष्ट्रको मान्यता दिएर र त्यहाँको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्षमा पनि गहनका साथ छलफलहरू भए ।’

भ्रमणको क्रममा जलवायु परिवर्तनको कारण पारिरहेको असरहरूको बारेमा समेत अन्य राष्ट्रहरूलाई जानकारी र सचेत गराइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस