५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा सचिव सुरेश आचार्यलाई पदीय आचरण विपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यमाथि राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टीकरण सोधेका छन्। राज्यमन्त्री तामाङले चैत्र २५ गते आयोजना गरेको सिँचाइ दिवस तथा ७२औँ वार्षिक उत्सवको कार्यक्रममा सचिव आचार्यले पदीय मर्यादा विपरीत व्यवहार गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका हुन्।

मन्त्रीको अनुपस्थितिमा प्रमुख अतिथिको भूमिकामा रहेका आचार्यले कार्यक्रम सञ्चालकले मञ्चमा आसन ग्रहणका लागि बोलाउँदा समेत बेवास्ता गरेको र विभागका महानिर्देशक सञ्जीव बरालको पटक–पटकको आग्रहलाई समेत अस्वीकार गरेको आरोप छ। स्पष्टीकरण पत्रमा भनिएको छ, ‘आफू बस्न तयार नभएको’ भन्ने तुच्छ अभिव्यक्ति दिई पदको गरिमा कायम गर्न नसकेको र नेपाल सरकारको सचिव पदको मर्यादालाई धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको भन्दै उनको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्य पद्धतिमा असर पुगेको उल्लेख छ।

स्पष्टीकरण पत्रमा तीन वटा प्रश्न उठाइएको छ। पहिलो, निजामती सेवा ऐन, २०४९ को दफा ४२(३) विपरीत कार्य किन गरेको ? दोस्रो, विभागीय मन्त्रीको अनुपस्थितिमा प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीत कार्य किन गरेको ? र तेस्रो, निजामती सेवा ऐन, २०५९ को दफा ५९ बमोजिम सजाय किन नगर्ने? यी प्रश्नको जवाफ २४ घण्टाभित्र पेश गर्न आचार्यलाई निर्देशन दिइएको छ।

साथै, पत्रमा आचार्यले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कुन प्रभाव वा पूर्वाग्रहका कारण कार्यक्रम बहिष्कार गरेको भन्ने प्रश्नसमेत उठाइएको छ। यो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्री र मुख्य सचिवलाई समेत पठाइएको छ।

आचार्य विवादित सचिवका रूपमा चिनिन्छन्। शहरी विकास मन्त्रालयमा काँग्रेसकै मन्त्रीसँगको व्यवहारका कारण उनको सरुवा भएको थियो भने खानेपानी र राष्ट्रिय सतर्कता केन्द्रमा पनि विवादरहित भएर काम गर्न सकेनन्। पछिल्लो समय ऊर्जा मन्त्रालयमा हुने गरेको उटपट्याङ निर्णयहरूमा समेत उनकै सल्लाह रहने गरेको अधिकारीहरू बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस