काठमाडौँ। प्रहरीले दुर्गा प्रसाईँलाई हतकडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ ।
काठमाडौँ ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडीगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरूलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याइँदै छ ।
काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईँ आसामबाट पक्राउ परेका थिए ।