५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा निस्कँदै सी जिनपिङ

अ+ अ-

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण-पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्। अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरू भ्रमण गर्न लागेका हुन् ।

ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा रहनेछन्।

भ्रमणको सुरुवात १४ अप्रिलमा भियतनामबाट हुनेछ, त्यसपछि उनी मलेसिया र कम्बोडिया जाने कार्यक्रम रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भियतनाममाथि ४६ प्रतिशत, मलेसियामाथि २४ प्रतिशत र कम्बोडियामाथि ४९ प्रतिशत भन्सार लगाएका छन्। यद्यपि हाल यी भन्सारहरूमा ९० दिनको रोक लगाइएको छ, तर यो अवधिभर १० प्रतिशत आधारभूत भन्सार शुल्क भने लागू हुनेछ।

पछिल्लो समय अमेरिका र चीनबीच भन्सार शुल्क युद्ध चर्किएको छ। अमेरिकाले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाएको छ भने चीनले जवाफी रूपमा अमेरिकामाथि ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

चीनले अमेरिकाको जबरजस्तीका अगाडि नझुक्ने तर, अन्तिम क्षणसम्म लड्ने उद्घोष गरेको छ ।

भन्सार शुल्क युद्ध चर्किँदै जाँदा चीनले बिहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं।’

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

माओ निङले सामाजिक सञ्जालमा थुप्रै पोस्टहरू सेयर गरेकी थिइन् । तिनमध्ये एउटा पोस्टमा पूर्व चिनियाँ नेता माओत्से तुङको सन् १९५३ को भिडियो पनि थियो, जहाँ उनले भनेका थिए, ‘हामी चिनियाँ हौँ। हामी उक्साहटबाट डराउँदैनौ। हामी कहिल्यै पछि हट्दैनौं।’

यो भिडियो कोरियाली युद्धको समयको हो, जब अमेरिका र चीन अप्रत्यक्ष रूपमा आमनेसामने थिए।

भिडियोमा माओले भनेका छन्, ‘यो युद्ध कति लामो चल्छ भन्ने कुरा हामीले तय गर्न सक्दैनौँ। त्यो राष्ट्रपति ट्रुम्यान, आइजनहावर वा नयाँ राष्ट्रपति कुन हुन्छ भन्नेमा भर पर्छ। चाहे यो युद्ध जतिसुकै लामो किन नहोस्, हामी कहिल्यै झुक्दैनौँ। हामी पूर्ण विजय नहुन्जेल लडिरहनेछौँ।’

माओ निङले अर्को पोस्टमा एउटा चित्र सेयर गरेकी थिइन्, जसमा मूल्य महँगो भए पनि अमेरिकीहरूले चिनियाँ सामान नै किनिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस