८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुने घटनाबारे गृहमन्त्रीले भने-‘संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरूसमेतको उपस्थितिमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।

संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।

तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईँलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस