काठमाडौँ । राजतन्त्र पुनर्स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरु गरिएको छ ।
झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौँ ल्याइएको थियो ।
उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले म्याद थपको प्रक्रिया सुरु गरेको छ । काठमाडौँ जिल्ला अदालत लैजानुअघि अहिले उनलाई सरकारी वकिलको कार्यालयमा प्रशासनिक प्रक्रियाका लागि लगिएको छ ।