काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
कारागार कार्यालय रुपन्देहीले पठाएको निवेदन दर्ता गरिएको अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिएका छन् ।
उनले भने, ‘कारागार कार्यालय रुपन्देहीले पठाएको निवेदन दर्ता भइसकेको छ ।’