काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।
कानून समितिको बैठकमा उनले हिन्दु धर्मप्रति आफ्नो विश्वास रहेको बताए ।
उनले भने, ‘म व्यक्तिगत रूपमा पनि हिन्दु धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दु धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्विविधा छैन । तर, हिन्दु धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौँ । मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दु राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौँ ।’
उनले यो व्यवस्थाप्रति सरकार प्रतिबद्ध रहेको भन्दै तीनकुने घटनामा दोषी भएकाहरूलाई कारवाही गर्ने बताए ।