काठमाडौँ। चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईँको उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईँ क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।
प्रसाईँ १२ दिन हिरासतमा राख्न काठमाडौँ अदालतले अनुमति दिएको छ । प्रसाईँसँगै पक्राउ परेका दिपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।