५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकार रोजगारदाता र रोजगार चाहनेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’-श्रम मन्त्री भण्डारी

अ+ अ-

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

नेपालमा रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्वीस कनट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा आज उनले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताएका हुन् ।  

मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहनेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताए । 

“अब हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न रोजगारदातासँग जोडिने माध्यम बनाउँछौँ, यी सबै कुराको सहजीकरण गर्ने कार्य सरकारले गर्छ”, उनले भने ।

मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। 

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले युवा र महिलालाई उद्यमशीलता र रोजगारीसँग जोड्न स्वीस कन्ट्याक्टले महत्त्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा सकारात्मक प्रभाव पारेको बताए । 

उनले भने, “युवा र महिलालाई रोजगार र उद्यमशीलतासँग कसरी जोड्न संस्थाले सहयोग गरेको छ । उद्यमशीलता अभिवृद्धिका लागि हामीले दिएका तालिमको सफलताका लागि पनि आवश्यक सहजीकरण गरिदिएर सरकारलाई झकझक्याउने काम भएको छ । 

कोशी प्रदेशमा २३ प्रतिशत युवा अझै बेरोजगार छन्, उनीहरूलाई रोजगार बनाउन हामीले अझै प्रयास गर्नुपर्ने छ । यसमा पनि यहाँहरूको सहयोग रहने छ ।”

महानगरप्रमुख कोइरालाले श्रम संसार पोर्टललाई सरकारका निकायसँग जोडेर लैजानुपर्नेमा समेत जोड दिए । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोशी प्रदेशमा विभिन्न पालिकामा लागू भएको यो परियोजनाले महत्त्वपूर्ण प्रभाव पारेको बताउनुभयो । उनले संघ र प्रदेश सरकारले नागरिकलाई सामाजिक चेतना र आत्मनिर्भर बनाउन परियोजना सहयोग पुगेको बताए । 

दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले रोजगार र उद्यमशीलतासँग जोड्न परियोजनाको परिणाम र सिकाइले दीर्घकालीन प्रभाव पार्ने बताए । उनले उद्यमशीलतासँग जोडिएका हरेक कार्यक्रमसँग युवालाई जोड्न सघाउ पुगेको धारणा राखे । 

स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जयध्वज कार्कीले सन् २०२१ फेब्रुअरीदेखि मार्च २०२५ सम्म नेपालमा सञ्चालित ‘स्टेप–अप परियोजना’ को कार्यान्वयनमा हापेल फाउण्डेसन र स्वीस विकास सहयोग (एसडिसी) बाट वित्तीय तथा प्राविधिक सहायता प्राप्त भएको जानकारी गराए। उनले कोशी प्रदेशका तीन वटा स्थानीय तहबाट सुरु भएको परियोजनाले चार वर्षको अवधिमा गृहिणीलाई उद्यमशीलता तालिम, रोजगारका विषयमा सहजीकरण गरेको बताए।

प्रतिक्रिया दिनुहोस