काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेका आरोपमा थप एक जना पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ बस्ने १८ वर्षीय रञ्जित बस्नेत पक्राउ परेका हुन्।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
प्रशोधन केन्द्र, पार्किङमा आगजनी र निजी सवारी साधनमा आगलागी गरेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।