५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो: गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बर्ताएका छन् । 

शुक्रबार साँझ सशस्त्र प्रहरी बलद्धारा आयोजित प्रथम ‘एपीएफ-महिन्द्रा स्पोर्टस अवार्ड-२०८१’ कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई पनि प्रोत्साहन गर्ने गरेको धारणा राखेका हुन् । 

खेलकुदले व्यक्तिलाई आत्मविश्वास प्रदान गर्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर पनि भएको भन्दै उनले मुलुक खेलकुदको माध्यमबाट विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सक्ष्यम रहेको बताए।

“सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापनाकालदेखि नै देशको सुरक्षा र शान्ति कायम गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।” गृहमन्त्री लेखकले भने–“ तर, त्यति मात्र नभई खेलकुदको क्षेत्रमा पनि यो संगठनले आफ्नो छुट्टै पहिचान बनाएको छ, एपीएफ क्लबले फुटबल, भलिबल, क्रिकेट  एथलेटिक्स, मार्सल आट्र्स लगायत विभिन्न खेलहरूमा प्रदर्शन गरेको उत्कृष्टताले हामीलाई गर्वको अनुभूति गराएको छ ।”

“यस्ता उपलब्धिहरूले हाम्रा खेलाडीहरूलाई मात्र नभई सम्पूर्ण देशवासीलाई प्रेरणा प्रदान गरेको छ ।” मन्त्री लेखकले भने–“ निजी क्षेत्र र सुरक्षा निकायबीचको साझेदारीले खेलकुदको विकासमा नयाँ आयाम थप्नुका साथै अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।”

सम्मानित हुने सबै खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभयो । “ यहाँहरूको सफलता हाम्रो साझा गर्व हो । यहाँहरूले देखाएको बाटोले नयाँ पुस्ताका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्फुरण गर्ने हौसला प्रदान गर्नेछ ।” 

उनले भने–“ यो समारोहले खेलकुदमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न, उनीहरूको क्षमता उजागर गर्न र उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।”

प्रतिक्रिया दिनुहोस