काठमाडौँ । भारतले आफ्नो विमानस्थल तथा बन्दरगाहबाट बांङ्लादेशमा आउजाउ गर्ने सामानहरू निषेध गर्ने भएको छ । आज भारतको विदेश मन्त्रालयले एक सूचना जारी गरेर यस्तो निर्णय गरेको हो ।
भारतीय मिडिया इन्डिया टुडेका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रबारेमा बांङ्लादेशी प्रधानमन्त्री युनुसले गरेको टिप्पणी चीनबाट प्रेरित भएको भन्दै यस्तो गरेको बताइएको छ ।
हालै चीन भ्रमणमा पुगेका युनुसको गत हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा बिम्स्टेकको दौरानमा पहिलो पटक भेट भएको थियो । भेट भएको केही समयमै भारतको यो निर्णय सार्वजनिक भएको हो । यो निर्णयले बांङ्लादेशले तेस्रो देशमा भारत हुँदै पाउने कार्गो ट्रान्जिट नपाउने भएको हो ।