६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित

अ+ अ-

मुस्ताङ । मुस्ताङमा गरिएको नि:शुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहीबार र शुक्रबार ४० वर्ष भन्दामाथि उमेरका नागरिकको परीक्षण गरिएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय (गण्डकी प्रदेश) को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगको बृहत् स्वास्थ्य परीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए । 

उनले नसर्ने रोग पहिचान गर्न बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पुर्‍याउन उद्देश्यले बृहत् स्क्रीनिङ परीक्षण गरिएको हो । नसर्ने रोगको स्वास्थ्य परीक्षणअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा एक सय २८ जना, ठिनीमा एक सय नौ जना र मार्फा गाउँमा  एक सय ६ जनाले परीक्षण गराएको प्रादेशिक स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत रानभाटले उल्लेख गए । 

यसैगरी आज मुस्ताङको मार्फामा परीक्षण भइरहेको छ । मुस्ताङको घरपझोङ–४ जोमसोम र घरपझोङ–५ ठिनीमा गरी दुई सय २८ जना नसर्ने रोगको स्वास्थ्य परीक्षणबाट लाभान्वित भएको जनाइएको छ । नसर्ने रोगको बृहत् स्क्रीनिङ परीक्षण शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले उल्लेख गरे । 

नसर्ने रोगको स्क्रीनिङ परीक्षणको नमूना म्याग्दीको बेनी अस्पतालमा पठाइएको छ । त्यसको रिपोर्ट दुई दिनपछि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर चिकित्सकीय परामर्श दिइने स्वास्थ्य संयोजक थकालीको भनाइ छ ।

नसर्ने रोगको बृहत् स्वास्थ्य शिविरमा रगत र पिसाबको परीक्षण, उचाइ, तौल, ब्लडप्रेसर, मधुमेह, मिर्गौला, कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रीनिङ परीक्षण गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस