६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति छैन : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।

उनले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे । उनले काँग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरू हिँडिरहेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए । उनले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको बताए ।

मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरू प्रस्तुत गर्न सक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ रु आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’

उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेशसभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रस्ताव गरे। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस