६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशचन्द्र खतिवडाका दुई कविता

अ+ अ-

१. जाँतो परेवा र बाज
जाँतो घुमाएर
मकै पिँधे जस्तो
मान्छे पिँध्न सकिन्छ र ?
सकिन्छ भने
म पिँध्न चाहन्छु
मान्छे हैन अँध्यारो ।

आकाशमै बेगिएर
एक हुल बाजहरू
परेवाको स्वतन्त्रता माथि
धावा बोल्दै
चुच्चो उद्ध्याई
ठूङछन् धमाधम ।

बालक हात पसार्छ बाँदरसँग
आफ्नो खोसिएको सुन्तला माग्न
छट्टु बाँदर
बालकलाई जिस्क्याउँदै
पर भागि जान्छ त्यहाँ बाट
बालक रुन थाल्छ
उसको खोसिएको सुन्तला कसले दिन्छ ?
सूर्यास्त हुन्छ
लाटकोशेरो कराउँछ
हरेक रात बालकको निन्द्रा विथोल्न् ।

गुँड गुँड बाट
परेवाको बथान
जब चारोमा निस्कन्छन्
आरिसे बाजहरू
गिद्धसँग साँठ गाँठ गर्दै
पुन : परेवाको स्वतन्त्रता माथि
धावा बोल्छन्
चुच्चो उद्याउँछन्
अनि ठूङछन् निरन्तर ।

२. षडयन्त्र
कहाँ जान्छन् मान्छेहरू ?
यो शून्यतामा लरखराउँदै
मलाई तान्नेहरू
उछिट्टिएर ध्याम्पा भित्र
किन साउती मार्नु पर्‍यो ?
म सँग त एउटा रक्तिम सूर्य छ
परिवेश भित्र जगमगाउने
किन बादल उठ्नु पर्‍यो ?
दाँतहरू देखाएर मुसुक्क हाँस्नुको साटो
कार्पेटमा गजधुम्म फुलेर
किन नाक खुम्च्याउनु पर्‍यो ?
षड्यन्त्र कुन दर्शन हो र ?
षडयन्त्रमा मान्छे जाक्किनु पर्‍यो
क्षितिज कुरेर
मान्छेहरू के पर्खि बसेका हुन कुन्नि ?
मलाई त गजब लागिरहेछ
मान्छेहरू किन भौँतारिएका हुन ?
आफ्नै नमिठो जीवन कथा पढेर
तिनीहरूमा ऊर्जा छैन किन कसो ?
जीवनबाट गलाइएर
किन मान्छेहरू
षडयन्त्रको शिकार बनाइनु पर्‍यो ?

सुन्दरहरैंचा–६, दुलारी, मोरङ

प्रतिक्रिया दिनुहोस