८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा: बौद्धमा बत्ती बालेर बालाजुमा स्नान

अ+ अ-

काठमाडौँ । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् ।

बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले जानकारी दिए । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्ने प्रचलन छ ।

तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिई बौद्धमा आएर मेला लाग्ने परम्पराको थालनी भएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वध्यक्ष राजकुमार लामा बताउँछन् ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा बत्ती बालेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेशभूषा एवं र्‍याली आयोजना भएको थियो । हिजोदेखि सुरु भएको बौद्धको तेमाल जात्रा आज बालाजु २२ धारा, जामाचो र स्वयम्भू पुगेर स्नान, पूजा आराधनापछि सम्पन्न हुन्छ ।

जात्रामा  काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदायको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस