काठमाडौँ । हङकङमा जारी चार देशीय टी-२० सिरिज घरेलु टोलीसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो।
नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भएको हो।
लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो। शनिबार भएको लिगको अन्तिम खेलमा हङकङ विरुद्ध बलिङ गरिरहँदा खेल वर्षाले रद्द भएका थिए ।
कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेको थियो। अब नेपाल र कुवेतबीच भोलि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।