५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ ।  काठमाडौँ, चितवन र मोरङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका 

मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

यस्तै, चितवन, भरतपुर महानगरपालिका-२५ छाता चोकमा ना.५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३९ वर्षीय टेक बहादुर पुलामी मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५१ प २०४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।

मोरङ, सुन वर्षी नगरपालिका(३ तल्लो भेलाइ टोलस्थित सडकमा सुन वर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश.१-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्रदेश १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुन वर्षी नगरपालिका-३ बस्ने ३१ वर्षीय भुपेन्द्र कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस