काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका अप्राविधिक तथा शिक्षा सेवा, शिक्षा प्रशासन समूहका पदहरूको विज्ञापन खुलाएको छ ।
प्रदेश आयोगले आइतवार एक सूचनामार्फत पहिलो संशोधन ऐन, २०७९ बमोजिम अधिकृत सातौँ तहमा सेवा, समूह, उपसमूह र तहका पदको आ.प्र. अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न अधिकृतको विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि वैशाख २० गते दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख २७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।


