चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन् ।
आज पत्रकारसँग कुरा गर्दै उनले शिक्षक, डाक्टर, नर्स, लघुवित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरू आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
फरक प्रसंगमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ संकल्पका साथ अघि बढ्न जरुरी रहेको बताए । उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ संकल्प जरुरी रहेको बताए ।