काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ । मन्त्रालयका सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको ह्वाट्सएप ह्याक भएको सूचनामार्फत जानकारी दिएका छन् ।
पौडेलले आइतबार निकालेको सूचनामा सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास गरेको उल्लेख छ ।
