काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।
‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ । कारोबार रकम पनि बढेको छ । आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ ।
गत बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो । बुधबार भने ४ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
आज आइतबार ८८ कम्पनीको मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घट्यो भने एउटाको स्थिर रहेको छ ।