७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी

अ+ अ-

काठमाडौँ । दुई समुदायबीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको छ । 

विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको छलफल चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो । उक्त तनाव साम्य पार्न अहिले पनि बैठक जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले बताए । उनले भने, “यस विषयमा छलफल चलिरहेको छ ।”

आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए । राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए । तर छलफलकै चरणमा दुई समुदायबीचको विवादले जिल्ला प्रशासन कार्यालय पर्साको वातावरण अशान्त छ ।

के कारणले भएको थियो विवाद ?

हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । 

वीरगन्जको छपकैयाँमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 

यसैबिच प्रजिअ गणेश अर्यालले शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस