६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आइतबार भएको खेलमा युएईमाथि डिएलएस मेथडमा ५ रनको जित निकालेको हो। 

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाउँदा खेल रोकिएको थियो। त्यतिबेला पार स्कोर १७६ रन थियो। ५:३० मा खेल रोकिदा हल्का वर्षा भइरहेको थियो। त्यसपछि प्रकाश पुग्ने वा नपुग्ने विषयमा अम्पायरले जाँच गरेका थिए। २० मिनेटपछि अम्पायरले बाँकी खेल हुन नसक्ने घोषणा गर्दा नेपाल विजयी भएको हो।

युएईका लागि यायिन किरण राईले १०४ रन बनाएर खेलिरहेको स्थिति थियो। उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। रायन खानले ३५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। 

बलिङमा नेपालका अशोक धामी र सन्तोष यादवले २-२ विकेट लिए। अभिषेक तिवारी र नरेन भट्टको नाममा १-१ विकेट रह्यो।

 त्यसअघि आइतबार तल्लो मुलपानी ग्राउन्डमा टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनायो। आउटफिल्ड चिसो भएपछि खेलमा टस ढिलाइ हुनुका साथै ४० ओभरमा झारिएको थियो।

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे। नरेनले ७५ बलमा ७ चौकाको मद्दतमा ६७ रन बनाए।  

ओपनरद्वय शाहिल पटेलले ३२ रन र निरज यादवले १८ रन बनाए।  सन्तोष यादव ११ रन, रोशन विक ४ रन र अभिषेक तिवारी १ रनमा आउट भए। 

दिलसाद अलीले ४० बल खेलेर ३४ रनको योगदान गरे। अशोक धामीले नटआउट १० रन बनाए।

बलिङमा युएईका उदिस सुरीले ३ विकेट लिए। युग शर्मा र शलोमले २-२ विकेट लिए।

आजै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको थियो। नेपालले भोलि ओमानसँग खेल्नेछ।

तल्लो मुलपानी मैदानमा निर्माण सुरु गरेको १७ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो। यो मैदानमा विश्वकप छनोटका समूह चरणका खेल हुने कार्यक्रम छ। 

माथिल्लो मैदानमा पनि हुने छनोटका खेल वैशाख ६ सम्म सञ्चालन हुनेछन्।  प्रतियोगितामा सहभागी नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। 

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस