काठमाडौँ । ९ लाख रुपैयाँ नगद र चेकसहित हुण्डी कारोबार गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-१० बागडाँडा बस्ने १९ वर्षीया करिना देवकोटा छिन् ।
उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२२ न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीलाई ९ लाखसहित उनलाई पक्राउ गरेको हो ।
उनीबाट ६ लाख रुपैयाँ बराबरको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।