काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई आफ्नो शक्ति देखाउन भनेको हुन्।
काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईँको प्रशंग जोड्दै साम्पाङले लेखेका छन्, ‘मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार हुँदैन। बालेनजी, सो योर पावर ।’
