काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना सन्देश अध्यक्ष भट्टराईले भनेका छन्, “नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र खुसी लिएर आओस् । सबै नेपालीहरूको मनको आकांक्षा पूरा होस् । राजनीतिक अस्थिरताको समाधान मिलोस् ।”