काठमाडौँ । विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार रहेकी नेपाल प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विद्युतीय (ईलेक्ट्रोनिक)कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरुद्ध रेड नोटिस जारी भएका थिए ।
हाल पक्राउ गरी उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।