काठमाडौँ । शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् । आज देशभर अधिकांश नयाँ वर्षमा रमिरहेपनि विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले सडक संघर्ष जारी नै राखेका हुन् ।
यसअघिका सहमति पूर्ण पालना गर्नुपर्ने, यथाशीघ्र ऐन जारी गर्नुपर्ने भन्दै चैत २० गते देखि उनीहरू माइतीघर-बबरमहल क्षेत्रमा ‘निर्णायक’ आन्दोलनमा होमिएका छन् ।
शिक्षक महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि निष्कर्ष भने अझै आउन सकेको छैन ।