७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव हो’- मुख्यमन्त्री कँडेल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नववर्ष २०८२ सालका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायु जीवनको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षलाई विगतको समीक्षा तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा स्वागत गर्दै उनले हरेकले नयाँ सङ्कल्प, सोच र यात्राको सुरुआत गर्नुपर्नेमा जोड दिएका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भने, “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो । यस अवसरमा हामी सबैले आपसी प्रेम, सहकार्य, सहिष्णुता र एकताको भावना फैलाउँदै सामूहिक हितका लागि योगदान पुर्‍याउन सक्नुपर्दछ ।”

नेपाली जनताको लामो राजनीतिक संघर्षपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार संघीय संरचनाको नयाँ अभ्यासका रूपमा प्रदेश संरचना प्राप्त गरिएको उल्लेख गर्दै उनले संविधानतः प्राप्त प्रदेश संरचनालाई बलियो बनाउँदै सरकारप्रति नागरिकको भरोसा बढाउने गरी आफ्ना कामकारबाही अगाडि बढाउनु यति बेला सबैको प्रमुख दायित्व भएको बताएका छन् ।

नववर्षमा चुनौतीहरूलाई आत्मसात् गर्दै अवसरमा रूपान्तरण गर्ने साझा सङ्कल्पले कर्णाली प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रेरणा दिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस