६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रविमाथि साँधिएको प्रतिशोध नयाँ सोचमाथिकै घातक प्रहार हो’-डीपी अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीर रूपमा लिएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले पुराना राजनीतिक प्रवृत्तिहरूले नागरिकलाई थकित र निराश बनाएको यो बेला नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको बताएका हुन् ।

नागरिकको आवाजलाई राजनीतिको केन्द्रमा राख्दै रास्वपा भ्रष्टाचारविरुद्धको कठोर अडान, सेवा प्रवाहमा पारदर्शिता र जबाफदेहिता तथा नवप्रवर्तनमूलक सोचमार्फत राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्न दृढ रहेको उल्लेख छ ।

उनले भनेका छन्, ‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रूपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रूपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्याय प्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौँ ।’

राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन(सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर बेवास्ता जस्ता कारण नागरिकमा बढेको निराशा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्धत रहेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस