११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुनेको घटनामा एमालेले खोज्यो पूर्वराजाको जवाफदेहिता

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताएको छ । उक्त आन्दोलनका क्रममा भएका हिंसा र विध्वंस योजनाबद्ध भएको ठहर पनि एमाले बैठकले गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले यस्तो ठहर गरेको हो । बैठकपछि पत्रकारसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुनेको आन्दोलनलाई जनअसन्तुष्टि भन्न नमिल्ने बताए । उनले भने, ‘यदि यो जनअसुन्तष्टि हो भने जनता र आन्दोलनलाई नै पुन:परिभाषित गर्नुपर्छ ।’ आन्दोलनका कमाण्डर भनिनेहरू र अरु कतिपय व्यक्तिले पटक-पटक नेपाललाई बंगलादेश बनाइन्छ भनेर बोलेको ज्ञवालीले स्मरण गरे ।

‘धेरै सञ्चारमाध्यमले ध्यान दिएनन्, त्यस दिन उनीहरूले ‘अब केही समयपछि विमानस्थल ठप्प हुन्छ’, भनेका थिए । त्यो भन्नुको कारण के हो रु उनीहरूको योजना एयरपोर्ट कम्पाउन्डभित्र रहेको आयल निगमको डिपोसम्म पुग्ने थियो । त्यो तहसम्म अपराधिक योजना बुनिएको थियो । यसलाई असन्तुष्टि मान्न सकिन्छ ? जनताको गुनासाहरू छन् । तर त्यस दिन जे प्रकट भयो त्यो कुनै जनअसन्तुष्टि होइन । योजनाबद्ध ढंगले अहिलेको व्यवस्था उल्टाउने प्रयास हो’, उनले भने ।

१५ गतेको घटनामा राजा ज्ञानेन्द्र जवाफदेही हुनैपर्ने एमालेको ठहर छ । फागुन ७ गतेको सन्देशमा नै ‘आफूलाई साथ दिन’ आह्वान गरेको र कमाण्डरसमेत तोकेको ज्ञवालीले बताए ।

उनले भने, ‘उहाँले १५ गतेको घटनाप्रति गाह्रो मानिमानि दुख गर्नुभयो, तर जवाफदेहीता देखाउनुभएन । फागुन ७ गते मलाई साथ दिनुस्, भनेपछि र आफैँले कमाण्डर तोकेपछि उहाँको कमाण्डरको नेतृत्वमा सबै कुरा भएका छन् भने उहाँ जवाफदेही हुनुपर्थ्यो, तर पन्छिनुभयो । उहाँको अभिव्यक्तिमा यत्रो घटना घट्यो, जनताले अस्वीकार गरे । यो अनावश्यक र व्यर्थको प्रयास रहेछ, मैले हिँडेको बाटो गलत रहेछ र जिम्मा दिएका पात्रहरू गलत रहेछन् भनेर रिग्रेट गरेर एउटा नागरिकको हैसियतले मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्नेमा उहाँ अझै पनि सच्चिनुभएको छैन ।’

‘जनताको असन्तुष्टिलाई नसुन्ने कुनै पनि तन्त्र हुँदैन भन्नुभएको छ । उहाँ आफूले शासन चलाएको बेलाको के थियो ? मान्छेले बिर्सिसकेका छैनन् । उहाँको नेतृत्वको तन्त्रले जनताका सारा अधिकार खोसेको, पटक-पटकको सम्झौता उल्लंघन गरेकाले जनता गणतन्त्रमा पुगेका हुन् । यो गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा उहाँमा अझै लेखिन्छ । तर त्यो व्यर्थको कुरा हो । यस्तो केही प्रयास नगर्दा राम्रो हुन्छ’, उनले भने ।

ज्ञवालीले तीनकुने घटनामा प्रहरी अनुसन्धान चलिरहेको भन्दै प्रचलित फौजदारी कानून कार्यविधि अन्तरगत कारवाही हुने बताए ।

उनले थपे, ‘हामी कसैप्रति पूर्वाग्रही छैनौ । भोलि अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा जो जो दोषी देखिन्छन्, सबैमाथि कारवाही हुन्छ । उहाँले नैतिकरुपमा जवाफदेही त हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस