काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो विदेश भ्रमण छिमेकी मुलुक भियतनामबाट सुरु गरेका छन् । आसियान क्षेत्रको भियतनामको सत्ताधारी कम्युनिष्ट पार्टीका महासचिव तो लामसँग सिले भेटवार्ता गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सार्वजनिक गरेको जानकारीअनुसार दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष परा भएको तथा एकले अर्काको स्वतन्त्रताको लडाइँमा सहयोग गरेको दुई महासचिवले कुरा गरेका थिए ।
साथै दुई देशको आधुनिकिकरणमा सहकार्य भएको सवाल पनि उठेको बताइएको छ । चीनले छिमेक नीतिमा भियतनामलाई साथ दिएको भन्दै समाजवादी बाटोमा हिँड्न सहकार्य हुने छलफल भएको छ ।
आपत्ति मतभेद हटाउँदै सुरक्षादेखि राजनीतिक सहकार्य गर्ने विभिन्न छ बुँदामा सहमति भएको पनि विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उल्लेख गरेकी छन् ।