काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गरेका छन् ।
काठमाडौँस्थित नागार्जुन नगरपालिका-३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उहाँले जात्राको शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका थिए ।