काठमाडौँ । शिक्षकहरूको आन्दोलन १३ दिन पुग्दा पनि माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघ सिन्धुपाल्चोक समितिले सरकारले जारी गरेको भर्ना अभियानलाई अवज्ञा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष कुमारप्रसाद खतिवडासहित विभिन्न कर्मचारी र शिक्षक संगठनहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेका हुन् ।
उनीहरूले विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै नयाँ शैक्षिक भर्ना कार्यक्रम लगायतलाई बहिष्कार र अवज्ञा गर्न आग्रह गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
