३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद अवसरमा देश विदेशमा रहेका आम नागरिकमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

पर्वका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भनेका छन् ।

सिरुवा पर्वलाई परिवर्तनको संकेतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला लाग्ने भएकाले यसको अलग पहिचान र विशिष्टता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी सबैलाई सत्मार्गमा हिँड्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा दिने छ । कोशी प्रदेश सरकारले नयाँ वर्षको सुखद अवसरमा कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा हाम्रा मौलिक पर्वहरूले आम नेपालीलाई मात्र नभई अन्य मुलुकका नागरिक एवं पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौँ । हाम्रो देशमा भएका सांस्कृतिक र धार्मिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सृजना र समुन्नतिको मार्ग निर्माण गर्न टेवा पुग्ने छ ।”

कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस