काठमाडौँ । सप्तरी, भोजपुर, पर्सा, सङ्खुवासभा, कास्की, दैलेख, र गुल्मीमा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, महादेवा गाउँपालिका-१ चिम्टि टोल बस्ने ६५ वर्षीय हुमेसर प्रसाद यादवको ब्राखा फर्ममा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ५ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो निभाउने क्रममा जलेर घाइते भएका हुमेसर प्रसादको हेल्थ पोष्ट महादेवा सप्तरीमा उपचार भइरहेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ सल्लेनी बस्ने देउ कुमार विकको घरमा आइतबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै पर्साका विन्दवासिनी गाउँपालिका-१मा पनि गर्दौल बस्ने प्रमोद तिवारीको गोठमा गए राति आगलागी हुँदा करिब ४ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराका निजगढ नगरपालिका-५ प्रभाव बस्ती बस्ने भक्त बहादुर थापाको घरमा गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सङ्खुवासभाको चैनपुर नगरपालिका-१ याङ्सिजुङ बस्ने लाक्पा तर्बु शेर्पाको घरमा आइतबार साँझ आगलागी हुँदा करिब ४ लाख ६२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-८ स्थित इन्द्रेणी कस्मेटिक एण्ड बटन सपमा विद्युत् सर्ट भई गए राति लागेको आगो फैलिएर सोही पसल सँगै रहेको सुप्रिज्ञा ट्रेडर्समा समेत आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यता दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ खोक बस्ने ३५ वर्षीय पुने कामीको घरमा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मी, इस्मा गाउँपालिका-१ मल्दीको सारू टोल कोला चौर बस्ने दान बहादुर सारूको घरमा सोही ठाउँ बस्ने ३५ वर्षीया सबिता महतले संचालन गरेको किराना पसलमा विद्युत् सर्ट भई सोमबार बिहान आगलागी हुँदा पसलमा रहेको नगद, सुन, लत्ताकपडा, भाँडा वर्तन लगायतका सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।