झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको आरोप छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।