काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन् । प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।
त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।