४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी-‘मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् ।

मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी-तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरिरहेको बताए ।

‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,’ प्रचण्ड’ले भने ।

साथै, उनले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलियो उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ थियो ।

‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसंघको कुरा गरौँ, चाहे जलवायु परिवर्तनको कुरा गरौँ, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौँ हामीले नेपाल र नेपालीको पक्षमा,’ प्रचण्डले भने, ‘र, त्यतिबेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो । मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसंघमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो ।’

राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।

‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले भने ।

उनले एकजुट भएर अघि बढ्दा देशबाट भ्रष्टाचार निर्मूल पार्न सक्ने पनि बताए ।

‘तपाईँ, हामी एकजुट भएर अघि बढ्यौँ भने भ्रष्टाचारीलाई यो देशबाट निर्मूल गर्न सकिन्छ,’ ‘प्रचण्ड’ले भने ।

प्रतिक्रिया दिनुहोस