४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीयूको महासभामा नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै सांसदहरूद्वारा खुशी व्यक्त

अ+ अ-

काठमाडौँ । सांसद डा. अञ्जान शाक्य र सोविता गौतमले अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १५० औँ महासभामा यो पटक नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

सभामुख देवराज घिमिरेले अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १५०औँ महासभाबाट नेतृत्व लिएका सांसदहरु डा. शाक्य र गौतमको स्वागत–सम्मान तथा संसदीय मामिलाका पत्रकारहरूसँगको छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा. शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी भएकी थिइन् ।

उनी माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्बेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी हुन् ।

एसिया(प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । १५ देशमध्ये शाक्यलाई ६ भोट प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ भोटमात्रै प्राप्त गरेको थियो ।

शाक्यले स्थायी समिति आईपीयूको महत्वपूर्ण अंग रहेको भन्दै आफू विजयी हुँदा आईपीयूको सचिवालयले त्यहाँ भनेका केही शब्द अहिले पनि ताजा रहेको स्मरण गरिन् ।

उनले आईपीयूका अध्यक्ष तुलिया अक्सन, महासचिव मार्टिन छुङगोङलगायतले पनि नेपालको प्रतिनिधित्व हुँदा खुशी व्यक्त गरेका सुनाइन् ।

मानव अधिकार, लैंगीक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरुलाई सशक्तीकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयूमा पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुशी लागेको पनि शाक्यले बताइन् ।

संसारभरका १८३ देशका सांसदहरु एकै ठाउँ बसेर जल्दाबल्दा समस्याहरूमा मन्थन गर्दै जबाफदेही ढंगले अघि बढ्ने, सशक्तीकरण गर्ने र सहकार्यका साथ अघि बढ्ने र समाधान निकाल्ने यो मञ्चमा प्रतिनिधित्वका लागि यो पटक नेपाल सरकारले आधिकारिक रूपमा डाक्टर शाक्यलाई पठाएको थियो ।

नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रहसमेत गरेका थिए । त्यो प्रयासका लागि शाक्यले सभामुखलाई धन्यवाद दिइन् ।

शाक्यले आफू विजयी भएपछि आईपीयू सचिवालयले नेपालको अगुवाइमा क्षेत्रीयस्तरको कार्यक्रम होस् भन्ने अपेक्षा गरेको पनि जानकारी दिइन् ।

शाक्य आईपीयूको स्थायी समितिमा निर्वाचित हुँदै गर्दा स्थायी समितिको सञ्चालक समितिअन्तर्गत विभिन्न समितिहरूमध्येको एक स्वास्थ्य समितिमा गौतमले नेपालको प्रतिनिधित्व गरेकी छन् । उक्त समितिमा नेपालका तर्फबाट सांसद गौतम सदस्य भएकी छन् । उक्त समिति आईपीयूको अंग बन्ने प्रक्रियामा रहेको छ ।

गौतमले नौ सदस्यीय टोलीमा दुई जना महिला रहेको भन्दै दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुशीको कुरा भएको उल्लेख गरिन् ।

उनले विभिन्न अन्योलबीच पनि प्राप्त गरेको सफलताले खुशी लागेको बताइन् ।

शान्ति, प्रजातन्त्र, दिगो विकास र न्यायका लागि व्यवस्थापकीय कूटनीति तथा कार्य योजनाको प्रवर्द्धन गर्ने उद्देश्यले सन् १८८९ मा स्थापना भएको संस्था हो । लामो इतिहास बोकेको आईपीयूमा नेपाल सदस्य बनेको सन् १९६७ मा हो । अहिले यो संस्थामा नेपालसहित १८३ वटा देशको सहभागिता छ । वर्षमा दुई पटक हुने आईपीयूको सम्मेलनमा संसदको अभिलेखअनुसार नेपाल सन् १९९१ देखि सहभागी हुँदै आएको छ । सदस्य बनेको करिब ५८ वर्ष र सहभागी हुन थालेको करिब ३४ वर्षपछि नेपालले आईपीयूमा यो पटक ठूलो सफलता हात पारेको छ ।

सांसद शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक छन् । उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन-२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।

कार्यक्रममा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानालगायतले पनि उनीहरूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस